१२ असार २०८३, शुक्रबार

भान्जीको बिहेमा ५ क्विन्टल प्याज गिफ्ट !

मंसिर २७, २०७६
भान्जीको बिहेमा ५ क्विन्टल प्याज गिफ्ट !

भारतको हरियाणामा आफ्नो दिदीको छोरीको बिहेमा एकाजनाली ५ क्विन्टल प्याज 'गिफ्ट' दिएका छन् । रोहातक जिल्लाको लखन माजरा गाउँमा बस्ने जगपाल राठी र जयपाल राठीले आफ्नो भान्जीको बिवाह समारोहमा ५ क्विन्टल प्याज दिएका थिए ।

प्रतिकेजी प्याजको मूल्य डेढ सय भारतीय रुपैयाँ भन्दा पनि माथि पुगेको छ । बिहेको भोज भतेरमा प्याजको कमी नहोस भनेर आफूले प्याज गिफ्ट गरेको उनले बताए ।

जब उनले प्याज दिने घोषणा गरे तब त्यहाँ उपस्थित सबै हाँसेका थिए ।

प्याजको मूल्य बढेपछि आजकल सलादमा पनि प्याज गायब भएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्