दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहेको एक विमानस्थलमा १० वर्षका बालक टीशर्ट लगाएर पुगेका थिए । उनलाई लेखेर विमानस्थल अधिकारीहरूले बोलाए ।
स्टीभी लुकास नामक ती बालक आफ्नो परिवारसँग डिसेमबर १७ मा न्युजील्यान्डबाट दक्षिण अफ्रिका गएका थिए । जोहानेसबर्ग विमानस्थलमा चेक इन गर्दा विमानस्थल अधिकारीहरूले लुकासको टीशर्टमा अजिंगर देखेर अधिकारीहरूको तर्सिए ।
अधिकारीहरूले लुकासलाई तिम्रो टीशर्टबाट अन्य यात्रुलाई समस्या पर्न सक्छ त्यसैले विमानमा चढ्नुअघि त्यसलाई खोल भने ।
त्यसपछि बालकका परिवारका मानिसलाई पनि त्यही कुरा बताइयो । लुकासले टीशर्ट त्यही अवस्थामा लगाउन पाएनन् ।
विमानस्थल अधिकारीहरूले पछि त्यसमा सफाइ दिए । अन्य यात्री र विमान कर्मचारीको सुरक्षाका लागि यो निर्णय लिइएको र यो सही भएको उनले बताए ।
कालो रंगको टीशर्टमा अजिंगरको प्रिन्ट थियो र झट्ट हेर्दा त्यो लुकासको काँधबाट झरिरहेको जस्तो देखिन्थ्यो ।
सुरक्षा अधिकारीहरूले विमानमा स्नेक टोय र त्यसको प्रिन्ट भएको कपडा लगाएर विमानमा चढ्न नपाइने बताए ।
लुकासले कि त टीशर्ट बदल्नुपर्ने कि त त्यसलाई उल्टो बनाएर लगाउनुपर्ने सुरक्षा अधिकारीहरूको भनाइ थियो । सर्पको तस्वीर लुकाउन लुकासले टीशर्ट उल्टो लगाए ।
एजेन्सी