१५ असार २०८३, सोमबार

कांग्रेसले सुरु गरेको विकासका काम कम्युनिस्ट सरकारले अलपत्र पा-याे: पौडेल

कांग्रेसले सुरु गरेको विकासका काम कम्युनिस्ट सरकारले अलपत्र पा-याे: पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहिबारदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिए।

कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध हुनसक्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए। वरिष्ठ नेता पौडेलले सरकारले विकासको प्राथमिकता पहिचान गर्न नसकेको बताए।

 'सरकार अलमलिएको जस्तो देखिएको छ, विकासको प्राथमिकता पहिचान गर्न सरकारले सकिरहेको छैन,' उनले भनेे।

 वरिष्ठ नेता पौडेलले वर्तमान सरकारको नारा ‘समृद्ध नेपाली, सुखी नेपाली’ नपालकै भएकाले यसतर्फ विचार गर्नुपर्नेमा जोड दिए। काँग्रेसले शुरु गरेको विकास निर्माणका काममा वर्तमान सरकारले बजेट कटौती गरेको नेता पौडेलले आरोप लगाए। 'काँग्रेसले शुरु गरेको विकासका काम अहिले अलपत्र परेको छ,'  नेता पौडेलले भने ।

 

salt training

कमेन्ट गर्नुहोस्