०३ साउन २०८३, आइतबार

फ्रान्सका राष्ट्रपतिले गरे इजरायली सुरक्षा गार्डहरूसँग झगडा (भिडियो)

फ्रान्सका राष्ट्रपतिले गरे इजरायली सुरक्षा गार्डहरूसँग झगडा (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले जेरुसेलममा रहेको फ्रान्सेली चर्चमा सशस्त्र इजरायली सुरक्षा गार्डहरूले पछ्याएपछि रिसाएर अंग्रेजीमा गाली गरेका छन् । 

बुधवार जेरुसेलमको ओल्ड टाउनमा रहेको सेन्ट एन्नी चर्चमा हिँड्दै गर्दा सुरक्षा अधिकारीहरूले कूटनीतिक मर्यादा भंग गरेपछि म्याक्रों रिसाएका हुन् । 

‘सबैलाई नियम थाहा छ,’ म्याक्रों चिच्याए । ‘तिमीले मेरोअगाडि गरेको काम मलाई मन परेन । बाहिर जाऊ ।’

एक इजरायली अधिकारी चर्चबाट बाहिर जान नमानेपछि म्याक्रोंले भने, ‘तिमीलाई नियम थाहा छ । कसैले पनि उत्तेजित बनाउनुहुँदैन । हामीहरू शान्त छौं । हामीले राम्रो कुराकानी गर्‍यौं । तिमीहरूले शहरमा राम्रो काम गरेका छौ । म त्यसको प्रशंसा गर्छु । तर नियमको सम्मान गर किनकि ती नियम शताब्दियौंदेखि छन्, ती म आउँदा परिवर्तन हुँदैनन् । त्यसैले सबैले नियमको सम्मान गर्नुपर्छ ।’

म्याक्रों चर्च अफ द होली सेपलकर पनि पुगेका थिए र त्यहाँ रहेका पादरीहरूसँग भेटघाट गरेका थिए । 

उनी सेन्ट एन्नीज चर्च पुग्दा सुरक्षा गार्डले कूटनीतिक मर्यादा उल्लंघन गरेका हुन् । उक्त चर्च ओट्टोमान साम्राज्यले नेपोलियन तेस्रोलाई सन् १८५६ मा दिएदेखि फ्रान्सको सम्पत्तिमा रहेको छ । 

म्याक्रोंले सुरक्षा गार्डहरूलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्