
भारतको राजस्थानमा रहेको रनथम्बोर राष्ट्रिय निकुञ्जमा एक्लो भालुले दुई खुट्टामा उभिएर बाघलाई भगाएको छ ।
घटनाको भिडियो फूटेजमा बाघ लुरुलुरु हिँडिरहेको अनि बाटो भट्किएर भालु नजिक पुगेको देखिन्छ । भालु झाडीहरू नजिक थियो ।
त्यसको केही सेकेन्डपछि भालु अर्को ठाउँतिर जान्छ अनि बाघले उसलाई नजिकैबाट पछ्याउँछ ।
पछ्याएको थाहा पाएपछि भालु अचानक पल्टिन्छ र दुई खुट्टामा उभिन्छ ।
अनि हावामा बुरुक्क उफ्रिएर ऊ बाघपछाडि दौडिन्छ ।
त्यसपछि ऊ फेरि पछाडिका दुई खुट्टामा उभिएर बाघलाई तर्साउन थाल्छ ।
भालु नजिक आएपछि बाघ आफ्नो साथी भएतिर जान्छ ।
उसको साथी बाघले भालुलाई हेरिबस्छ । दुई खुट्टामा उभिएको भालुले उसलाई चाहिँ तर्साउँदैन ।
अर्को बाघ चाहिँ चम्पत ठोक्छ ।
परिमल नाथवानी नामक व्यक्तिले यो भिडियो शेयर गर्दै लेखे, ‘वनमा यस्ता अनौठा घटनाहरू देख्न पाइन्छ ।’
बाघ र भालुले भयंकर लडाइँ गर्ने गरेका छन् ।