
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा टिप्परको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।
बिहीवार अपराह्न महेन्द्रनगरको बसपार्क गेट नजिकै से१क ८८७ नम्बरको टिप्परको ठक्करबाट किशोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासैनीका अनुसार मृतक किशोरीको सनाखत हुन सकेको छैन । दुर्घटनापछि महेन्द्रनगर तनावग्रस्त बनेको छ ।
घटनास्थलमा भीड बढ्दै गइरहेकाले प्रहरी सुरक्षामा खटिएको एसपी मरासैनीले बताए । घटनास्थल र टिप्परको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
टिप्पर तीब्रगतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । दुर्घटनास्थल भीडभाड हुने क्षेत्र हो ।