×

NMB BANK
NIC ASIA

यसकारण चल्छन् प्रकाशका गीतहरू

काठमाडाैं | साउन ७, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपूतले शुक्रवार बेलुका आफ्नो नयाँ सिर्जना ‘दमाई महाराज’ युट्युबबाट सार्वजनिक गरे । युट्युबमा तीज गीतहरू सार्वजनिक भइरहेको समयमा उनले आफ्ना हिट सिर्जना ‘बोलमाया’ र ‘गलबन्दी’को दोस्रो भागका रुपमा यो गीत सार्वजनिक गरेका थिए । जुन गीतले यतिबेला युट्युबमा  लोभलाग्दो भ्युज पाइरहेको छ । सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको गीतले आइतवार दिउँसोसम्म २४ लाख प्लस भ्युज पाइसकेको छ । 

Muktinath Bank

उसो त यस गीत सार्वजनिक हुनुअघि पनि युट्युबको पहिलो नम्बरमा उनकै गीतले कब्जा जमाएको थियो । उनको अभिनय रहेको तीज गीत ‘कमाउनेनी हो, रमाउनेनी हो’लाई पछि पार्दै उनको अफिसियल सिर्जना शीर्ष स्थानमा पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाशकै शब्द एवं संगीत रहेको ‘दमाई महाराज’मा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । 


Advertisment
Nabil box
Kumari

प्रकाशकै लगानी, कथा एवं निर्देशनमा भिडियो तयार भएको छ । भिडियोमा उनीसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ । 

Vianet communication

हुन त प्रकाशले आफ्नो युट्युबबाट सार्वजनिक गर्ने अफिसियल गीतहरूले लोभलाग्दो चर्चा, भ्युज दुवै पाउँदै आएका छन् । यसअघिका उनका सिर्जनाहरू पनि ट्रेन्डिङको शीर्ष स्थानमा पुग्ने गरेका थिए । तीन महिना अगाडिमात्रै ‘सकम्बरी’बोलको गीतले पनि निकै चर्चा कमाएको थियो । 

चर्चाको श्रृङखलाको निरन्तरता यसपटक उनले ‘दमाई महाराज’बाट पनि पाएका छन् । प्रकाशका हरेक सिर्जनाहरू चल्नुका पछाडि केही कारणहरू छन् । 

उनका हरेक गीत गीतमात्र नभएर कथानक भिडियो हुन् । उनले आफ्ना हरेक सिर्जनालाई कथानक शैलीमा पेस गर्दै आएका छन् । प्रकाशको अर्को मुख्य विशेषता चाहिँ उनले आफ्ना सिर्जनामा फरक–फरक सामाजिक मुद्धा उठान गर्दै आएका छन् । यसपटक ‘दमाई महाराज’मा पनि त्यसलाई निरन्तरता दिँदै जातीय छुवाछूत र विभेदविरुद्धको मुद्धा उठाएका छन् । धार्मिक सप्ताहको परिवेशमा बुनिएको कथालाई भजन शैलीमा मीठो भाका हालेर पेस गरेका छन्, जसले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । 

प्रकाशका गीत चल्नुको कारण कथानक मात्र नभएर भिडियो मेकिङमा गर्ने मेहनतलाई पनि लिन सकिन्छ । उनले भिडियोका लागि कुनै ‘कम्परमाइज’ गर्ने गरेका छैनन् । यसपटक पनि भिडियोको मेकिङमा राम्रो मेहनत परेको र खर्च पनि राम्रो भएको सजिलै अनुमान गर्न सकिन्छ । 

प्रकाशका पछिल्ला गीत चल्नुको मुख्य कारण भने उनले अघिल्ला गीतबाट बसालेको जगलाई मान्न सकिन्छ । अघिल्ला सिर्जनाबाट स्रोता÷दर्शकको विश्वास जितेका कारण पनि उनका अफिसियल गीतहरूलाई स्रोता–दर्शकहरूले प्रतिक्षा गर्ने गरेका छन् । 

‘दमाई महाराज’को सन्दर्भमा यो गीत चल्नुको केही कारणमध्ये एउटा कारण ‘भाग २’ का रुपमा आउनु पनि रहेको संगीतकर्मीहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x