×

NMB BANK
NIC ASIA

एलिना, रचना र समीक्षाले गीत रेकर्डिङको पारिश्रमिक कति लिन्छन् ?

काठमाडाैं | साउन ७, २०८०

NTC
Premier Steels

सांगीतिक क्षेत्रमा एकै समयदेखि छाएका गायिकाहरू हुन् एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारी । केही वर्षको अवधिमै उनीहरूले सयौं गीतमा स्वर दिइसकेका छन् । तीमध्ये दर्जनौं गीतहरू स्रोता–दर्शकहरूले निकै रुचाएका छन् । थुप्रै गीतहरूले युट्युबमा करोडौं भ्युज पनि पाएका छन् । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कभर गीत गाएर चर्चामा आएकी एलिनाका ‘के माया लाग्छ र ?’, ‘धोकेवाज’, ‘मिनरल वाटर’, ‘छुनुमुनु’, ‘मेरो परान’, ‘भाग्यमा खोट छ’, ‘पानी पानी’, ‘पानी पँधेरो’, ‘दुई पाइला’जस्ता थुप्रै गीत स्रोता-दर्शकहरूले अत्याधिक रुचाएका छन् । 


Advertisment
Nabil box
Kumari

रचनाका ‘फोटो फिरिममा’, ‘आयौं चेली’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’, ‘उनको प्रीति’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’, ‘पैसा सापटी’ जस्ता थुप्रै गीतहरू चर्चामा छन् । 

Vianet communication

‘फेरि कहाँ आउँछ र घुमेर’बोलको फिल्मी गीतबाट गायनमा पाइला चालेकी समीक्षा अधिकारीको व्यस्तता ‘माया मारेर’बोलको गीतबाट बढेको थियो । त्यसयता ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु वर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, 'सुर्ती माड्दै माड्दै', ‘आफ्नो आफ्नो दुःख’ लगायतका उनका गीतहरूलाई दर्शक स्रोताले रुचाएका छन् । संयोग कस्तो भने, यी तीनै जना गायिकाको पहिलो गीत नै हिट भएको थियो । अहिले पनि यी तीनै जना गायिकाहरू सांगीतिक क्षेत्रमा निकै व्यस्त छन् । 

उनीहरू दैनिक रेकर्डिङका काम गरिरहेका हुन्छन् । स्टेज कार्यक्रमहरूमा पनि उनीहरू निकै खोजिने गरेका छन् । देशदेखि विदेशसम्मका कार्यक्रममा उनीहरूको डिमाण्ड हुने गरेको छ ।

एकै समयदेखि व्यस्त बनेका कारण हुनुपर्छ, उनीहरूलाई सांगीतिक क्षेत्रमा एक अर्काका प्रतिस्पर्धीहरू समेत भन्ने गरिएको छ । यद्यपि, यो कुरालाई उनीहरूले भने नकार्दै आएका छन् । आफूहरूको गायकीको छुट्टाछुट्टै शैली भएका कारण प्रतिस्पर्धा नभएको उनीहरूले कुराकानीका क्रममा बताउने गरेका छन् । 

यी गायिकाहरूकाे गीत रेकर्डिङको पारिश्रमिकमा भने समानता रहेकाे पाइएकाे छ । एलिना, रचना र समीक्षा तीनै जना गायिकासँग पछिल्लो समय सहकार्य गरेका एक संगीतकर्मीका अनुसार अहिलेको अवस्थामा उनीहरूले एउटै–एउटै पारिश्रमिक लिएर गीत रेकर्डिङ गराउने गरेका हुन् । 

‘२० हजार रुपैयाँ हाराहारी लिनुहुन्छ’ ती संगीतकर्मीले लोकान्तरसँग भने, ‘कहिलेकाहिँ योभन्दा कम पारिश्रमिकमा पनि गीत गाउनुहुन्छ । गीत गाउन दिइरहने संगीतकर्मी, आफूलाई राम्रो लागेका गीतहरू त्यसरी कम पारिश्रमिकमा समेत गाउने गरेको पाउँछु ।’  एलिना, रचना र समीक्षाले कहिलेकाहिँ दिनमै ५-७ वटासम्म पनि गीतहरू गाउने गरेका छन् । 

गीत गाएको पारिश्रमिक एउटै–एउटै लिने गरे पनि स्टेज कार्यक्रममा भने उनीहरूको पारिश्रमिकमा समानता नभएको आयोजकहरु बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x