×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - २१

महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

जेठ ६, २०७६

NTC
Premier Steels

काठमाडौं – काठमाडौं महानगरपालिकामा सरकारी सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । महानगरका अधिकांश कर्मचारीले सरकारी सवारीसाधनलाई रातो प्लेटमा निजीजस्तै गरी सञ्चालन गरिरहेका छन् ।

Muktinath Bank

सूचनाको हक प्रयोग गरेर हामीले महानगरसँग सवारीसाधन र तिनका प्रयोगकर्ताको विवरण, कुन रंगको नम्बर प्लेट प्रयोग भएको छ भन्ने लगायतका जानकारी मागेका थियौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्धारित १५ दिन र कार्यालय प्रमुखलाई उजुरी गरेको ७ दिनभित्र पनि सूचना उपलब्ध नगराएको महानगरले सूचना आयोगमा उजुरी गरेपछि बाध्य भएर अपुरो सूचना दिएको छ ।


Advertisment
Nabil box
Kumari

महानगरले दिएको सूचनामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले प्रयोग गर्ने सवारीसाधनको विवरण समेत उल्लेख छैन । मेयर उपमेयर दुवैको सचिवालय प्रयोजनमा प्रयोग भइरहेको सवारी साधनको विवरण भने उल्लेख छ । 

Vianet communication

बा२झ ३१३२ नम्बरको गाडी मेयर शाक्यको सचिवालय र बा२झ ३१४६ नम्बरको गाडी उपमेयर हरिप्रभा खड्कीको सचिवालयले प्रयोग गर्ने गरेको देखिन्छ ।

हेर्नुहोस्, महानगरले उपलब्ध गराएको विवरण :

महालेखाले पनि औंल्याएको छ गल्ती

महानगरमा सरकारी सवारीसाधन रातो प्लेटमा सञ्चालनमा रहेकाले त्यसको दुरुपयोग हुनसक्ने आशंका महालेखा परीक्षकको कार्यालयले नै औंल्याएको छ ।

‘सरकारी कार्यालयका सवारीसाधन सरकारी स्वामित्वमा रहने गरी सेतो नम्बर प्लेटमा सञ्चालन गर्नुपर्नेमा आयोजनाले देहाय बमोजिमका सवारीसाधनमा निजी नम्बर प्लेट राखी सञ्चालन गरेकोे देखियो । यसरी सरकारी स्वामित्वमा सवारी साधनहरू निजी नम्बर प्लेट राख्दा सवारी साधनको दुरुपयोग समेत हुने भएकाले सबै निजी प्लेटका सवारी साधन सरकारी प्लेटमा परिवर्तत गर्नुपर्दछ,’ महानगरको विस्तृत अडिट रिपोर्टमा भनिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९(२) मा सरकारी सवारीको पहिचानका लागि सो सवारी साधनको अगाडि/पछाडि सेतो प्लेटमा रातो अक्षर र अंक सहितको नम्बर प्लेट हुनुपर्ने व्यवस्था छ । 

कुनै कारणले सेतो नम्बर प्लेटका सवारी साधन रातो नम्बर प्लेटको बनाउनु परेमा गृह मन्त्रालयले बढीमा १ वर्षका लागि स्वीकृति दिन सक्छ । तर काठमाडौं महानगरमा मनलाग्दी ढंगले सवारी साधनलाई रातो प्लेटमा राखेर मनलाग्दी ढंगले प्रयोग गरिरहेको पाइएको हो ।

महानगर अन्तर्गतका २ आयोजनाका कुन–कुन सवारीसाधन रातो प्लेटमा सञ्चालन छन्, हेर्नुहोस् विवरण :

नयाँबजार जग्गा एकीकरण आयोजना :

मनोहरा जग्गा एकीकरण आयोजना :

महानगरका कर्मचारीले चढ्ने अधिकांश गाडी रातो प्लेटमा !

महानगरले सूचना लुकाएपनि हामी आफैंले संकलन गरेको विवरणमा भने महानगरका अधिकांश सवारी साधन रातो प्लेटमा सञ्चालनमा रहेको पाइएको छ ।

हेर्नुहोस्, रातो प्लेटमा सञ्चालनमा रहेका सवारी :

महानगरका सूचना अधिकारी वसन्त आचार्य महानगरले किनेका पुराना लटका गाडीहरू रातो प्लेटमा रहेको स्वीकार्छन् । 

‘पहिले महानगरका गाडीहरू रातो प्लेटमा नै खरिद गर्ने गरिएको थियो, सेतो प्लेटको व्यवस्था थिएन,’ सूचना अधिकारी आचार्यले भने, ‘पछि मात्र सेतो प्लेटमा खरिद गर्न लागिएको हो । पूराना गाडीहरू सेतो नम्बर प्लेटमा परिवर्तन गर्न बाँकी छ, रातो प्लेटमा नै सञ्चालन भइरहेका छन् ।’

प्लेट रातो कि सेतो हुने भन्नेमा कर्मचारीको इन्ट्रेस्टले कुनै काम नगर्ने उनको जिकिर छ ।

पहुँचवाला उपनिर्देशकलाई गाडी !

नेपाल सरकारले नै खटाउने प्रमुख प्रशाशकीय अधिकृत पछि महानगरले नै लिएका आठौं तहका कर्मचारी निर्देशकहरूले सवारी सुविधा पाउने गरेको देखिन्छ । तर, केही निर्देशकले सवारी सुविधा पाएका छैनन् भने केही उपनिर्देशक (सातौं तह) ले पनि सवारी सुविधा पाइरहेको देखिन्छ ।

काठमाडौं महनगरपालिकामा ३३ निर्देशक र २२ उपनिर्देशक पदका कर्मचारी छन् ।

केही निर्देशकले समेत सवारी सुविधा नपाएको अवस्थामा उपनिर्देशकहरूले कुन ऐनअन्तर्गत सवारी सुविधा पाए भन्ने प्रश्नको जवाफ महानगरका प्रवक्ता ईश्वरमान डंगोलसँग छैन । ‘यसबारे मैले पनि बुझ्नै पर्छ,’ डंगोलले लोकान्तरसँग भने, ‘बुझेपछि तपाईंलाई जानकारी दिनसक्छु ।’

यता सूचना अधिकारी आचार्य भने आवश्यकता र कामका आधारमा सातौं तहका कर्मचारीले पनि चारपांग्रे सवारी सुविधा पाएको बताउँछन् ।

पावरवाला र ठूलाबडासँग नजिक हुनेहरूले गाडी सुविधा पाएको देखिन्छ नि भन्ने प्रश्नमा उनले यसमा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

हेर्नुहोस्, यसअघिका २० भाग :

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x