
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनवटा गाडी प्रयोग गर्ने गरेको पाइएको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार मन्त्री यादवले आफ्नै नाममा तीनवटा गाडी लिएका छन् ।
बा२झ १०७३ नम्बरको सोनाटा कार, बा२झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा२ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको विवरणले देखाउँछ ।
यसका अलावा मन्त्री यादवका सल्लाहकारको नाममा पनि एउटा गाडी छुट्ट्याइएको छ । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।
मन्त्रीलाई ३ वटा गाडी किन ? मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सह-सचिव पुष्पराज शाहीले आवश्यकताकै कारण मन्त्रीले तीनवटा गाडी प्रयोग गरेको बताए ।
'तीनवटा मन्त्रालय एउटा भएको हो । कार्यभारको हिसाबले पनि भूमिका ठूलो छ । उहाँ एक्लैले गरेर हुँदैन । छिटो छरितो गर्न हेल्पिङह्याण्ड चाहिन्छ । ठाउँ-ठाउँमा कुदाउनुपर्छ,' सहसचिव शाहीले भने- 'उहाँको कामलाई इफेक्टिभ ढंगले सम्पन्न गराउनका लागि हो । गाडी दुरुपयोग भएजस्तो मलाई लाग्दैन ।'
यस्तै सचिव केदारबहादुर अधिकारीले बा१झ ८६१२ नम्बरको पिकान्टो कार र सचिव यामकुमारी खतिवडाले बा२झ २१२५ नम्बरको टाटा स्ट्रोम जीप चढ्छन् ।
शाखा अधिकृतलाई पनि गाडी !
खासमा चारपांग्रे सवारी सुविधा सचिव र सहसचिवले मात्र पाउने हो, तर यस मन्त्रालयमा उपसचिव मात्र होइन, शाखा अधिकृतले पनि चारपांग्रे सवारी सुविधा लिने गरेको देखिन्छ ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीको सचिवालयमा रहेका शाखा अधिकृत दिनेश त्रिपाठीले बीएए ३९८३ नम्बरको पिकान्टो कार चढ्छन् ।
अधिकांश उपसचिवले पनि गाडी सुविधा लिएका छन् । उपसचिव तथा शाखा अधिकृतहरू समेतलाई कुन ऐन, कार्यविधि वा नियमका आधारमा सवारी सुविधा दिनुभएको हो भन्ने प्रश्नमा सह-सचिव शाहीले भने- 'म आएको दुई महिना मात्र भयो, पहिलेदेखि उहाँहरूले प्रयोग गर्दै आउनुभएको रहेछ । पहिलाको तीनवटा मन्त्रालयका गाडी छन् । दातृ निकायबाट आएका गाडी पनि छन् । त्यत्तिकै राख्दा पनि खिया लाग्ने, दिउँ न त भनेर दिए होलान् ।'
हेर्नुहोस्, चारपांग्रे सवारी र प्रयोगकर्ताको विवरण:
उपसचिवदेखि कार्यालय सहयोगीसम्मलाई मोटरसाइकल
मन्त्रालयका तीन उपसचिवले भने मोटरसाइकल/स्कूटर चढ्ने गरेको देखिन्छ । उपसचिवद्वय तर्कराज भट्ट र ऋतु पन्थले मोटरसाइकल तथा उर्मिला केसीले स्कूटर चढ्ने गरेका छन् ।
हेर्नुहोस्, दुईपांग्रे सवारी प्रयोगकर्ताको विवरण :
सचिवलाई १००, सहसचिवलाई ७० र अन्यलाई ५० लिटर इन्धन
चारपांग्रे सवारी सुविधा पाएकामध्ये सचिवले मासिक सय, सहसचिवले सत्तरी र अन्यले पचास लिटर इन्धन मासिक पाउने गरेको देखिन्छ । दुईपांग्रे सवारी साधनका प्रयोगकर्ताले मासिक ८ लिटर इन्धन पाउने गरेका छन् ।
हेर्नुहोस्, यसअघिका १८ भाग :
भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन
भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !
भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !
भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग
भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]