
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन 'अनन्त'ले विद्युत् प्राधिकरणबाटै ३ वटा गाडी लिएको पाइएको छ । तीनमध्ये एउटा गाडी उनी स्वयं चढ्ने गरेका छन् भने दुईवटा गाडी सचिवालयको नाममा लिएका छन् ।
मन्त्री पुनले मन्त्रालयकै अर्को एक गाडी पनि चढ्छन् । यो सहित उनको प्रयोजनमा प्रयोग भइरहेका गाडीको संख्या चार पुग्छ ।
विद्युत् प्राधिकरणले उपलब्ध गराएको विवरणमा मन्त्री पुनले बा१३च ५७९३ नम्बरको प्राडो चढ्ने गरेको देखिन्छ । यस्तै ऊर्जा मन्त्रालयबाट प्राप्त विवरणमा बा२झ १३७७ नम्बरको गाडी माननीय मन्त्रीज्यूको प्रयोजनमा भनेर लेखिएको छ ।
विद्युत् प्राधिकरणबाट लिएका २ गाडी मन्त्री पुनको सचिवालयले प्रयोग गर्छ । बा१ञ २४५२ नम्बरको प्राडो र बा२०च ४१५ नम्बरको इलेक्ट्रिक कार मन्त्रीको सचिवालयले प्रयोग गर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सचिवलाई पनि प्राधिकरणको गाडी
ऊर्जा सचिव दिनेश घिमिरेले पनि विद्युत् प्राधिकरणको गाडी चढ्ने गरेका छन् । उनले बा२०च १४ नम्बरको इलेक्ट्रिक कार चढ्ने गरेको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । मन्त्री, मन्त्रीको सचिवालय र सचिवले चढ्ने प्राधिकरणका सबै गाडी रातो प्लेटमा छन् ।
हेर्नुहोस्, विद्युत् प्राधिकरणबाट लिइएका गाडीको विवरण :
३० गाडी, ३ वटा बिग्रिए
मन्त्रालयमा ऊर्जातर्फ १६ र सिंचाइतर्फ १४ वटा गाडी रहेको देखिन्छ । त्यसमध्ये ३ वटा बिग्रिएर थन्किएको देखिन्छ । बा१झ ४७२५ नम्बरको प्राडो ग्यारेजमा मर्मतमा रहेको देखिन्छ भने बा१झ ६५०० नम्बरको जिप्सी गाडी मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । यस्तै बा१झ ८७४५ नम्बरको गाडी बिग्रिएर कामै नलाग्ने भएपछि लिलामीको प्रक्रियामा रहेको देखिन्छ ।
हेर्नुहोस्, गाडीको विवरण :
मोटरसाइकल र स्कूटर ३९ वटा
ऊर्जतर्फ २० र सिंचाइतर्फ १९ गरी ३९ वटा दुईपांग्रे सवारी साधन मन्त्रालयमा रहेको देखिन्छ । त्यसमध्ये ३ वटा बिग्रिएर थन्किएका छन् । इञ्जिनीयर, नासुदेखि हलुका सवारी चालकसम्मले दुईपांग्रे सवारी साधन प्रयोग गर्ने गरेका छन् ।
हेर्नुहोस्, मोटरसाइकल/स्कूटर प्रयोगकर्ताको विवरणः
सचिवलाई सय र सहसचिवलाई ७० लिटर इन्धन
मन्त्रालयबाट सचिवले मासिक सय र सह–सचिवले मासिक ७० लिटर इन्धन प्राप्त गर्ने गरेको देखिन्छ । पुलमा रहने सवारी साधनको हकमा डिजल मासिक सय लिटर र पेट्रोल ७५ लिटर उपलब्ध हुने गरेको देखिन्छ ।
दुईपांग्रे सवारीका प्रयोगकर्ताले भने मासिक १० लिटर पेट्रोल पाउने गरेका छन् ।
हेर्नुहोस्, विवरण:
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला भागहरू:
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]