×

NMB BANK
NIC ASIA

सिण्डिकेटविरुद्ध सरकार कडा, व्यवसायीले नचलाए गाडी कब्जामा लिएर चलाउने !

बैशाख ४, २०७५

NTC
Premier Steels

काठमाडौं, ४ वैशाख– सिण्डकेटको पक्षमा आन्दोलनमा उत्रिएका व्यवसायीविरुद्ध सरकारले थप कडा रणनीति अख्तियार भएको छ । यातायात व्यवसायीहरू कानूनविपरित सिण्डकेट लाद्न पाउनुपर्ने भनी आन्दोलनमा उत्रिएपछि सरकारले गाडी नै कब्जामा लिएर चलाउने चेतावनी दिएको हो ।

Muktinath Bank

गृहसचिव प्रेमकुमार राईले व्यवसायीहरूले आन्दोलन गरे सरकार आन्दोलनविरुद्ध कडारूपमा उत्रिने र सवारी साधन आफैँ कब्जामा लिएर चलाउने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘व्यसायीहरूले सवारी चलाउन अनुमति लिएका छन्, त्यसैअनुसार काम गर्नुपर्छ, नीति नियमविरुद्ध आन्दोलनमा उत्रिए कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्दै सवारीसाधन सुरक्षा निकायले कब्जामा लिएर चलाउँछन्,’ सचिव राईले लोकान्तरसँग भने, ‘सरकारले जनतालाई सेवा दिनुपर्छ, सेवा दिनका लागि हामीले गाडी कब्जामा लिनुपरे पनि लिन्छौं, व्यवसायीले कानून मान्नैपर्छ ।’


Advertisment
Nabil box
Kumari

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउन जारी गरेको यातायात व्यवस्था निर्देशिकाविरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

Vianet communication

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा विभिन्न यातायात सम्वद्ध संस्थाहरूले सिन्डिकेटविरुद्ध जारी गरेकोे यातायात व्यवस्थापन निर्देशिका खारेजीको माग गर्दै वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन् ।

सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । महासंघले भने आन्दोलनका कार्यक्रमलाई गोप्य राखेको छ । आन्दोलनका बारेमा बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

सरकारले निर्देशिकामार्फत कम्पनी मातहतमा सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका मुद्दा अघि बढाएको थियो ।

सरकारले नै अनुमति दिएपछि काठमाडौंदेखि बनेपासम्म मयुर यातायातले सेवा थालेको थियो । मयुर यातायातको सेवाविरुद्धमा कोटेश्वरपूर्वका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सरकारले एकैदिन पाँचवटा कम्पनीलाई अस्थायी रुट इजाजत दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x