०६ साउन २०८३, बुधबार

अष्ट्रेलियालाई स्तब्ध पार्दै घर फर्कियो पेरु

अष्ट्रेलियालाई स्तब्ध पार्दै घर फर्कियो पेरु

काठमाडौं, १३ असार– रसियामा जारी विश्वकपबाट पेरु बाहिरिएका छ। यद्यपी उसले अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको  अष्ट्रेलियालाई २–० ले पराजित गर्यो । पराजित भएसँगै अष्ट्रेलिया पनि विश्वकपबाट बाहिरिएको छ । 

आजको पेरुलाई हराएको खण्डमा र  डेनमार्क पनि फ्रान्ससँग पराजित भएको खण्डमा अस्ट्रेलिया अघिल्लो  चरण पुग्ने सम्भावना थियो ।

तर, खेलको १८ औँ मिनेटमा नै आन्द्रे कारिलोको गोलले अस्ट्रेलिया १–० ले पछि पर्यो । यस्तै  पाउलो गुरेरोले गोल अर्को गर्दै पेरुको अग्रता २–०  बनाए ।  

यता डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगेका छन्  । 
 

कमेन्ट गर्नुहोस्