
काठमाडौं, १३ असार– रसियामा जारी विश्वकपबाट पेरु बाहिरिएका छ। यद्यपी उसले अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको अष्ट्रेलियालाई २–० ले पराजित गर्यो । पराजित भएसँगै अष्ट्रेलिया पनि विश्वकपबाट बाहिरिएको छ ।
आजको पेरुलाई हराएको खण्डमा र डेनमार्क पनि फ्रान्ससँग पराजित भएको खण्डमा अस्ट्रेलिया अघिल्लो चरण पुग्ने सम्भावना थियो ।
तर, खेलको १८ औँ मिनेटमा नै आन्द्रे कारिलोको गोलले अस्ट्रेलिया १–० ले पछि पर्यो । यस्तै पाउलो गुरेरोले गोल अर्को गर्दै पेरुको अग्रता २–० बनाए ।
यता डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगेका छन् ।