२१ असार २०८३, आइतबार

सामुदायिक वनमा तनहुँमै पहिलो पठक रुद्राक्ष रोपियो

असार १५, २०८३
तनहुँ
सामुदायिक वनमा तनहुँमै पहिलो पठक रुद्राक्ष रोपियो

 तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक, पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उनले सम्भवतः गण्डकी प्रदेशमै पहिलो पटक ठूलो सङ्ख्यामा रुद्राक्ष रोपण अभियान सञ्चालन गरिएको जानकारी दिए । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्