१५ असार २०८३, सोमबार

काँग्रेसद्वारा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध

काँग्रेसद्वारा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध

काठमाडौँ–नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद् बैठक आठ दिन पर सारिएको विषयलाई गम्भीर रुपमा लिइएको जनाएका छन् । 

“जुम्लामा गम्भीर घटना भइरहँदा डा केसीको माग सम्बोधन गर्नुको साटो प्रतिपक्षीसँग परामर्श गर्ने परम्पराविपरीत प्रतिनिधिसभा बैठक स्थगित गर्ने सरकारको गैरजवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ । समाधानको खोजी गर्ने थलो संसद्लाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्