×

NMB BANK
NIC ASIA

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : थुनामा रहेका निलम्बित एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

भदौ २९, २०७५

NTC
Premier Steels

विराटनगर–  साढे ३३ किलाे सुन तस्करी तथा माेरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेकाे अभियाेगमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ ।  

Muktinath Bank

सुन तस्करीमा संलग्न भनिएका दिवेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि कारागार कार्यालय झुम्का पाठाएकोमा उच्च अदालत मोरङले उनलाई सादा तारेखमा छाड्ने आदेश दिएको हो ।  उनको सुनुवाइपछि रिहाइ गर्ने अदालतकाे अादेशसँगै अब  उच्च अदालतबाट प्रहरी अधिकारीको पक्षमा निर्णय आउन थालेको बताउन थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतका शाखा अधिकृत राजप्रसाद दाहालले लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको जानकारी दिँदै उनी आजैदेखि रिहाइ हुने बताए । २०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनराबलोकन गर्न माग गर्दै लोहनी मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफु निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शरद सुबेदीको संयुक्त इजलाशले लोहनीलाई सादा तारेखमा रिहा गर्न आदेश दिएको दाहालले बताए । 


Advertisment
Nabil box
Kumari

लोहनीले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवेदनमा उच्च अदालतको यस्तो आदेश आएको हो ।  आदेशमा प्रतिवादी लोहनीको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश गरेको छ ।   

Vianet communication

साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका २४ अभियुक्तको आज पेसी तोकिएको थियो । जसमध्ये एक जनाका कानून व्यवसायीले स्थगित गर्न माग गरे बमोजिम स्थगित भएको थियो भने २२ वटा हेर्न नभ्याउनेमा परेका थिए ।

जिल्ला अदालत मोरङले गरेको बेरितको आदेश बदर गरीपाउँ भन्ने निवेदनमा यस अघिनै उच्च अदालतले १० वटाको आदेश गरिसकेको छ । जसमध्ये आठ वटाको हकमा जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । वरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्रीका सवारी चालक विष्णुबहादुर खड्कालाई १५ हजार रूपैयाँ धरौटीमा छाड्ने र अंगरक्षक अम्बरबहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालत मोरङको आदेश भने उच्च अदालतले बदर गरेर उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x