×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुन प्रकरण : विराटनगरका मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !

माघ ४, २०७५

NTC
Premier Steels

काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसमेत छानबिनको दायरमा तानिएका छन् । 

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि गोप्य रुपमा छानबिन थालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा ५ जना न्यायाधीशमाथि छानबिन शुरु भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश राणाकै निर्देशनमा न्याय परिषद सचिवालयले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेलमाथि पनि गोप्य रुपमा छानबिन शुरु गरेको हो । 

Vianet communication

‘तल्लो स्तरका न्यायाधीशमाथि अनुसन्धान हुँदा मुख्य न्यायाधीशको भूमिकाबारे पनि स्वाभाविक रुपमै प्रश्न उठ्छ,’ न्याय परिषदका एक अधिकारीले भने, ‘प्रन्याज्यूकै निर्देशनमा अहिले उहाँ (मुख्य न्यायाधीश भुर्तेलको)को भूमिकाबारे पनि अनुसन्धान शुरु भएको छ ।’

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि ५ जनालाई काजमा तानिएको हो । 

परिषद स्रोतका अनुसार सुन काण्डको मुद्दामा जारी आदेशमा मुख्य न्यायाधीश भुर्तेलको भूमिका रहेको भन्दै उजुरी परेको छ । परिषदका अध्यक्ष (प्रधानन्यायाधीश राणा)लाई सम्बोधन गरेर परेको उजुरीमाथि छानबिन शुरु भइसकेको स्रोतको दावी छ । 

‘सुनकाण्डका सम्बन्धमा उच्च अदालत बिराटनगरबाट जारी भएका आदेश र उक्त प्रकरणको मिसिल झिकाएर अनुसन्धान गर्ने भन्ने छलफल चलिरहेको छ,’ न्याय परिषद स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसमा कैफियत देखिए कारबाही प्रक्रिया अगाडि बढ्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x