
रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
आज शोक विज्ञप्ति जारी गर्दै उनले सङ्घर्ष र सङ्गठनबाट खारिएका मन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।
उनले स्व अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकको विकासमा पु¥याएको योगदानको सधैं स्मरण हुने बताए ।