२७ जेठ २०८३, बुधबार

सरकारबारे यसरी प्रश्न सोधौँ भन्दै प्रधानमन्त्री ओलीले प्रश्न सोध्न सिकाए

सरकारबारे यसरी प्रश्न सोधौँ भन्दै प्रधानमन्त्री ओलीले प्रश्न सोध्न सिकाए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा आइतबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको एक वर्ष नीतिगत, कानुनी र संरचनागत जग बसाल्न बितेको भन्दै आगामी वर्षमा देशबासीको आकांक्षा पूरा गर्ने दिशामा सरकार थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाए । 
जनताको चाहना विकास र समृद्धि भएको भन्दै ओलीले सरकार जनताको अपेक्षा पूरा गर्ने दिशामा क्रियासिल रहेको र रहिरहने पनि बताए । 

त्यसका लागि आफ्नो आन्तरिक स्रोतबाट मात्रै लगानी सम्भव नभएकाले बाह्य लगानी खोजेको पनि प्रधानमन्त्रीले जानकारी दिए । उनले लगानी जुटाउनकै लागि चैत १५ र १६ गते लगानी सम्मेलन गरिएको भन्दै सम्मेलनबाट केही लगानीको प्रतिवद्धता आएको पनि बताए । 
सरकारको कार्यशैली र विकासबाट कसैले निराशा पोख्न पोख्ने सक्ने भएपनि सरकार क्रमिक रुपमा विकासमा केन्द्रीत भएकाले आशा गर्ने ठाउँ प्रशस्त रहेको बताए । 
उनले यो एक वर्षमा नै सरबारबाट के भयो र ? भन्ने भन्दा पनि प्रश्न गर्ने तरिका फेर्नुपर्नेमा जोड दिए । 

ओलीले भने, ‘यो वर्ष के–के काम भए भनेर सरकारलाई प्रश्न सोधौं ? कति पुल बने, कति सडक पिच भए, कति बाटो बने ?  पूर्व पश्चिम रेलको डिपिआर त तय भयो, लिक बिछ्याउने काम कहिले हुन्छ ? पानी जहाज कहिले सञ्चालन हुन्छ ? हवाइ जहाज कतिवटा छ ? सामाजिक सुरक्षा कोषले नागरिकमा कस्तो प्रभाव पार्यो ?  प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ? नेपालको पानी जनताको लगानी कार्यक्रमले जनतालाई किन लाभ हुन्छ ?’ उनले यस्तो प्रश्नहरुमा गरिने प्रश्नको आफैं जवाफ बनेर आउने पनि बताए । 
यस्ता  प्रश्न सोध्नेहरुका लागि सरकार तथ्य तंथ्यांकसहित जवाफ दिन तयार रहेको पनि ओलीले बताए । 
 समृद्ध नेपाली सुखी नेपालको सरकारी आकांक्षा जनता र देश नै भएको भ्नद्यै ओलीले समृद्धि सुखको आधार भएको पनि बताए । 
 फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित ओलीले गत वर्ष बैशाख १ मा मुगु पुगेर देशबासीको नाममा सम्बोधन गरेका थिए । यसवर्ष भने बालुवाटारबाटै सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उनले देशबासीलाई नयाँ वर्षको शुभकामना पनि दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्