×

NMB BANK
NIC ASIA

पदीय भागबण्डा

नेकपामा चुनाव हारेका नेता जिल्ला अध्यक्ष, जितेका सांसददेखि मन्त्रीसम्म सचिवमा ‘घटुवा’ !

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लामो समयको विवादपछि टुंगो लगाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको नेतृत्वमा थप विवाद हुने संकेत देखिएको छ ।

Muktinath Bank

तत्कालीन माओवादी केन्द्र्रले नेतृत्व पाउने जिल्लामा साविककै अध्यक्ष रहने र तत्कालीन एमालेका जिल्ला अध्यक्ष सचिवको जिम्मेवारीमा रहनुपर्ने भएपछि केही जिल्लामा मर्यादाक्रम विवाद निम्तिने खतरा बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनका साविक एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल हाल प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति हुन् । साविक माओवादीका जिल्ला अध्यक्ष यमबहादुर पारियार नै नेकपाको चितवन जिल्ला अध्यक्ष भएको अवस्थामा संघीय निर्वाचन जितेर संसदीय समितिको सभापति भइसकेका पोखरेलले के गर्लान् भन्ने पनि कौतुहलताको विषय बनेको छ । 


Advertisment
Nabil box
Kumari

साविक माओवादीबाट काठमाडौं जिल्ला अध्यक्ष रहेका हिमाल शर्मा सचिवमा घटुवा हुने भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो सचिवको पद अर्कैलाई दिन पाउनुपर्ने माग राखेका छन् । शर्मा हाल नेकपाका केन्द्रीय समिति सदस्य समेत हुन् ।

Vianet communication
Laxmi Bank

कञ्चनपुर जिल्ला अध्यक्षमा तत्कालीन माओवादीका जिल्ला अध्यक्ष समेत रहेका वीरबहादुर थापालाई मनोनयन गरिएको छ भने तत्कालीन एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङ सचिव हुनुपर्ने छ । तर थापा मेयरको चुनावमा हारेका हुन् भने तामाङ भने नेकपाका सुदूरपश्चिम प्रदेशसभा प्रमुख सचेतक हुन् । 

प्रदेशसभाको निर्वाचन जितेर नेकपाको प्रमुख सचेतक बनिसकेका तामाङले कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा चुनाव हारेका थापा नेतृत्वको कमिटीमा सचिव भएर कसरी काम गर्लान् भन्ने सबैलाई कौतुहलताको विषय बनेको छ । सोमवार लोकान्तरसँग कुरा गर्दै तामाङले आफूले पार्टीको निर्णयलाई सम्मान गर्ने बताए ।

स्याङ्जाको जिल्ला अध्यक्षमा माओवादीबाट पारस गैरेलाई मनोनयन गरिएको छ । गैरे स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेश सभामा हारेका उम्मेदवार हुन् भने साविक एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ निर्वाचन क्षेत्र १ को ‘क’बाट जितेर प्रदेशसभा सदस्य भएका छन् । 

नुवाकोटमा साविक एमालेका प्रतिनिधिसभा सांसद नारायण खतिवडा सचिव भएका छन् भने साविक माओवादीका तर्फबाट प्रदेश सांसद रहेका हिरानाथ खतिवडा जिल्ला अध्यक्ष भएका छन् । 

प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जमरकट्टेल माओवादीबाट धादिङको जिल्ला सचिव भएका छन् भने प्रतिनिधिसभा सांसद भूमि त्रिपाठी एमालेबाट जिल्ला अध्यक्ष भएका छन् ।

साविक एमालेका अध्यक्षलाई नै जिल्ला सचिव बनाउने प्रावधानले कतिपय नेताको ‘घटुवा’ भएको भन्दै विरोध समेत भइरहेको छ ।

पढ्नुहोस्, यो पनि :
यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव [नामावलीसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x