
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११२ जना शाखा अधिकृतहरूको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।
मन्त्रालयको सोमबारको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहहरूमा यी कर्मचारीहरूलाई पठाइएको हो ।
सरुवा गरिएका कर्मचारीहरूमध्ये उल्लेख्य संख्यामा गृह मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका कार्यालयहरूमा पदस्थापन गरिएको छ । यस्तै, लामो समयदेखि 'अतिरिक्त समूह'मा रहेका धेरैजसो शाखा अधिकृतहरूलाई विभिन्न गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) को जिम्मेवारी दिएर कामकाजमा खटाइएको छ ।