मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडौं– आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्मा पेश भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
इतिहासकै तीव्र आर्थिक विकासको वर्ष!
नीति तथा कार्यक्रममा सरकारले आफ्नो कार्यकालको पहिलो वर्ष समृद्धिको आधार वर्ष बन्न सफल भएको दाबी गरेको छ । साथै आगामी वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने जिकिर गरेको छ ।
'आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ,' राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, 'अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीव्र गतिमा उत्कृष्ट उपलब्धिहरू हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ ।'
सडक किनारा माटोरहित, उपत्यका प्रवेश गर्नुअगावै सवारी साधन सफाइ !
सरकारले सडकलाई धूलोमुक्त बनाउने दाबी पनि गरेको छ ।
त्यसका लागि राजधानी प्रवेश गर्ने सवारी साधनलाई स्वचालित प्रविधिबाट सफा गर्ने अवधारणा सरकारले अघि सारेको गरेको छ ।
'सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा उपत्यका लगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्चालन गरिनेछ ।'
बारीका पाटा र खेतका गह्रा, सबै हराभरा !
१५औं पञ्चवर्षीय योजना अवधिभित्र कूल खेतियोग्य जमिनको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने दाबी सरकारले गरेको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ- 'सिँचित कृषि क्षेत्रको अभिवृद्धि, नेपालको समृद्धि' भन्ने मूल नाराका साथ आगामी १५औं योजना अवधिभित्र कूल कृषियोग्य भूमिको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने गरी पूर्वाधार विकास गरिने छ ।'
सरकारले पहाडका नदी तथा खोला आसपासमा हराभरा बनाउने जिकिर पनि गरेको छ ।
'बारीका पाटा र खेतका गह्रा, हुन्छन् सबै हराभरा' भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषि योग्य जमिनमा सौर्य ऊर्जा समेत उपयोग गरी लिफ्ट सिँचाइ प्रणाली विकास गरिने छ,' वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, 'प्रदेश तथा स्थानीय तहको सहभागितमा तराई/मधेशका कृषियोग्य पकेट क्षेत्रहरूमा सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।'
कोही भोकै पर्दैन, कोही भोकले मर्दैन !
सरकारले अब नेपालमा कोही भोकले नमर्ने जिकिर पनि गरेको छ ।
'गरीबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ । मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरीबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन,' सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।
सडकबाटै आपतकालीन विमान उडान, अवतरण !
सरकारले विमानस्थलहरूको स्तरोन्नतिसँगै सडकहरू पनि विमान उडान/अवतरण गर्न सक्ने गरी विकास गर्ने लक्ष्य राखेको छ ।
'हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्नसक्ने गरी विकास गरिनेछ । राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रूपमा विस्तार गरिनेछ ।'
'मेरो सरकार'ले महिला हिंसा हुन दिँदैन !
सरकारले महिला हिंसा हुन नदिने दाबी पनि गरेको छ ।
'मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिनेछैन । हिंसापीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानूनी उपचारका लागि पुनर्स्थापना केन्द्रहरू विस्तार गरिनेछ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ ।
एक वर्षभित्रै सरकारी जग्गा सरकारकै नाममा
नीति तथा कार्यक्रममा अतिक्रमित सम्पूर्ण सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने दाबी गरिएको छ ।
'मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ,' राष्ट्रपतिले संसद्मा भनेकी छन् ।
सुन खानीको सपना
'सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरू गर्नेछ। दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गरिनेछ । प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवर्द्धन गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।
सामाजिक सुरक्षा भत्ता बढाउने
सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा सामान्यता बजेटमार्फत् हुने गरेको हो, तर यसपटक सरकारले नीति तथा कार्यक्रममा नै यस्तो घोषणा गरेको छ ।
'विभिन्न निकायहरूवाट प्रदान गरिने सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गरिनेछ,' राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ- 'सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिनेछ ।'
एक वर्षभित्रै मेलम्चीको पानी!
सरकारले मेलम्ची आयोजनाबाट आगामी आवभित्रै काठमाडौंमा पानी आइपुग्ने जिकिर गरेको छ ।
'आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिनेछ,' सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...