/* Sketch */
×

सिंहदरबारभित्रको अनुशासन : नो पार्किङमा सवारीको लाइन !

नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अनेकौं विकृति र समस्या देख्न सकिन्छ । ‘सिंहदरबार’लाई नेपाल सरकार सञ्चालन गर्ने ठाउँ र शक्ति केन्द्रको रूपमा लिइन्छ । कानून बनाउने र कानून कार्वान्वयन गराउने निकाय सिंहदरबारभित्रै छन् । देशको ‘स्थायी सरकार’ भनेर चिनिने सयौं कर्मचारीले सिंहदरबारमा काम गर्छन् । देशको प्रमुख प्रशासनिक केन्द्रमा देखिने तमाम बेथितिमध्ये तस्वीरमा देखिएको यो दृष्य पनि एक हो । ‘नो पार्किङ’ लेखिएको ठाउँमा लाइन लगाएर सवारी साधन पार्किङ गरिएको छ । त्यहाँ सरकारी सवारी साधन पनि राखिएका छन् । देख्दा सामान्य देखिएपनि यो पनि नीति नियमको उल्लंघन हो । सिहंदरबारभित्रका शिक्षित व्यक्तिले नियम नमान्दिने हो भने बाहिर सर्वासधारणलाई के भन्ने ? कि ठूलालाई नियम नलाग्ने हो ?

कमेन्ट गर्नुहोस्