/* Sketch */
×

...अनि मेलम्चीमा १२ बजेन !

गत साता सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी आयो । पहिरोले थुनिएको मेलम्ची खोला एक्कासि खुलेर ढुंगामाटोसहित आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ । मेलम्ची बजारमा मात्र करोडौंको क्षति भएको अवस्था छ । शुक्रवार मेलम्ची बजारमा पुग्दा एउटा भित्ते घडी अलपत्र अवस्थामा सडक छेउमा थियो । शायद बाढीले बगाएर त्यहाँ ल्याएको घडी १२ बज्न ४ मिनेट बाँकी छँदा रोकिएको थियो । यो घडी त एउटा निर्जीव वस्तु भयो । निर्जीव नै वस्तु भएपनि घरको भित्तामा सजिने यो घडीले प्राकृतिक विप्तिको त्यो त्रासदीलाई अवश्य सम्झाइरहने छ ।

कमेन्ट गर्नुहोस्