/* Sketch */
×

सिंहदरबारमै राष्ट्रिय झण्डाको यो के बिजोग !

यो तस्वीर मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मोहोडामा राखिएको राष्ट्रिय झण्डाको हो । प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूले मात्र प्रवेश पाउने मुख्यद्वारबाट सिंहदरबार छिर्नासाथ यो दृश्य देखिन्छ । विदेशी पाहुना र राजदूतहरू पनि सिंहदरबार छिर्न यही बाटो प्रयोग गर्छन् । सर्वसाधारणहरूले यही पश्चिमी मोहोडालाई खास सिंहदरबार र मुख्य सरकारी अड्डाका रूपमा चिन्छन् । स्थायी सरकार भनिने निजामती कर्मचारीका मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालय हेर्ने सचिवको कमी छैन, यो भवनभित्र । तर देशको प्रमुख प्रशासनिक भवनमा रहेको राष्ट्रिय झण्डाको दुरावस्थाले भने सर्वसाधारणको शिर झुकाउँछ । मुख्य प्रशासनिक भवनको झण्डाको त यो बेहाल छ भने अन्य ठाउँको के कुरा गर्नु ? को हो यसको जिम्मेवार ?

कमेन्ट गर्नुहोस्