/* Sketch */
×

तिम्रो शहरको मुहार हेर्न हरिसिद्धि जाऊ मन्त्री झाँक्री !

यो तस्वीर कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिकको तस्वीर । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको यसमा ध्यान गएको छैन ? देशको राजधानीलाई ‘ग्यास च्याम्बर’ बनाउने दोषी को हो ? किन दोषीमाथि कारवाही हुँदैन सरकार ? जवाफ देऊ ।

कमेन्ट गर्नुहोस्