०४ साउन २०८३, सोमबार

हिमाल, पहाड र तराईलाई लडाएर राष्ट्रिय एकता हुँदैन: प्रचण्ड

कात्तिक २०, २०७४
हिमाल, पहाड र तराईलाई लडाएर राष्ट्रिय एकता हुँदैन: प्रचण्ड
धनगढी, ६ पुस — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकताबद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिने बताएका छन् । हिमाल, पहाड र तराईलाई लडाएर राष्ट्रिय एकता नहुने उनको भनाइ थियो ।

माओवादी केन्द्रले सात नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका क्रममा बुधवार कैलालीको धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका हुन् । ‘हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकताबद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा रहेको समेत उल्लेख गरे ।

माओवादी पार्टी होइन, आन्दोलन
प्रचण्डले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताए । ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर युगान्तकारी परिवर्तनका मुद्दा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ,’ प्रशिक्षणमा प्रचण्डले भने ।

‘हामी नरहुँला । तर माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’

माओवादी एकतामा जोड दिँदै प्रचण्डले भने ‘माओवादी एकता आजको आवश्यकता हो । आजको आवश्यकता माओवादी धाराको एकता नै हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ ।’

उनले सबै माओवादी धाराका नेताहरूसँग कुरा भइरहेको बताए । माओवादीको एकताविना राष्ट्रिय एकता र परिवर्तनका एजेन्डा संस्थागत गर्न नसकिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्