नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम २ लाख २५ हजारसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र १ वर्षको निशुल्क बिमाको सुविधा पाउन सक्ने जनाइएको छ।
यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ।
सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको कम्पनीले जनाएको छ।
सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको बताइए पनि मिति उल्लेख गरिएको छैन।