२३ असार २०८३, मंगलबार

व्यावसायिक र पारदर्शी रूपमा काम गर्छु : नवनियुक्त आईजीपी ज्ञवाली

व्यावसायिक र पारदर्शी रूपमा काम गर्छु : नवनियुक्त आईजीपी ज्ञवाली

नेपाल प्रहरीले गर्ने हरकेका काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीले बताएका छन् ।

आज गृहमन्त्रालयमा प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह लगाउँदै आइजीपी ज्ञावलीले प्रहरीले गर्ने हरेक काम पूर्णजवाफदेहीका साथ सम्पादन गर्ने बताएका हुन् । 

विहान गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले ज्ञावलीलाई प्रहरी महानिरिक्षकको दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

कार्यक्रममा बोल्दै नवनियुक्त आइजीपी ज्ञावलीले भने,‘ आजको युग जनउत्तरदायी उत्कृष्ट सेवाद्वारा सेवाग्राहीको मन र विश्वास जित्ने समय हो । यसैका आधारमा कुनै पनि संगठन जीवन्त र गतिशील रहन्छ । यही मान्यतामा शिरोपर गरी नेपाल प्रहरीका तमाम सदस्यहरु देशका दुरदराजसम्म खटिएका छन् । कुनै पनि नागरिक प्रहरी सेवा पाउनबाट बञ्चित हुन नपरोस्, न्याय र सुक्षा पाउने हकबाट विमुख हुनु नपरोस् भन्ने मेरो मान्यता रहेको छ । सेवा प्रवाह एवं कानूनको कार्यान्वयनमा कुनै पहुँच, पद हैसियतका आधारमा असमान व्यवहार प्रहरीबाट हुने छैन भन्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

गृहमन्त्रालयमा दज्र्यानी चिन्ह प्रधानगरे लगत्तै आइजीपी खनाल प्रहरी प्रधानकार्यालय पुगेर पदभार ग्रहण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्