१८ असार २०८३, बिहीबार

सुडानका पूर्वराष्ट्रपति बसिरलाई हेग समक्ष बुझाउने निर्णय

माघ २९, २०७६
सुडानका पूर्वराष्ट्रपति बसिरलाई हेग समक्ष बुझाउने निर्णय

डार्फर नरसंहारको आरोप खेपिरहेका सुडानका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति त्यहाँको सरकारले गरेको छ। 

सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

हेगस्थित अदालत (आइसिसी) ले बसिर र उनका अरु तीन जना सहयोगमाथि आमहत्या, मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ। 

‘आइसिसीले दोषी ठहर गरेका व्यक्तिहरु सबैलाई हेग पठाइनेछ,’ परिषदका सदस्य मोहम्मद हस्सन अल–टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्। सिफारिस गरिएकाहरुमा एक जना अल–बसिर र अरु तीन जना छन्।

तर उनले यी चारै व्यक्तिलाई कहिले आइसिसी समक्ष हस्तान्तरण गरिन्छ भनेर खुलाएनन्।

टाइसेले डार्फरका विद्रोही समूह समक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिए। 

डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब तीन लाख मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्