२९ जेठ २०८३, शुक्रबार

पाकिस्तानी राजदूतद्वारा ५ सय विद्यार्थीलाई छात्रवृत्ति

फागुन ३, २०७६
पाकिस्तानी राजदूतद्वारा ५ सय विद्यार्थीलाई छात्रवृत्ति
प्रतिकात्मक तस्वीर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा १० जोड २ अध्ययन गरिरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिपस्’ प्रदान गरेका छन् ।

सन् २०१३ देखि पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही १० हजार रुपैयाँ वितरण गरे ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै उनले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा त्यसको सराहना गरे । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएका र तिनलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै छात्रवृत्तिको संख्या बढाउने जानकारी दिए ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर जवराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्