२८ जेठ २०८३, बिहीबार

भारतीय कार पल्टिँदा १ जनाको मृत्यु

फागुन ३, २०७६
भारतीय कार पल्टिँदा १ जनाको मृत्यु
फाइल फोटो

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिवार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्