२४ जेठ २०८३, आइतबार

नेकपाका नेताहरुलाई मुख्यमन्त्री पोखरेलको निर्देशन: सरकारका सकारात्मक कामको प्रचार गरौँ

फागुन ५, २०७६
नेकपाका नेताहरुलाई मुख्यमन्त्री पोखरेलको निर्देशन: सरकारका सकारात्मक कामको प्रचार गरौँ

प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटीका इञ्चार्ज शङ्कर पोखरेलले सरकारका सकारात्मक कामको प्रचार गर्न पार्टीका नेताहरुलाई निर्देशन दिए।

बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को तेस्रो पूर्ण बैठकमा उनले स्थानीय सरकारका काममा सहयोग तथा समन्वय गर्न पार्टीको स्थानीय तह कमिटी क्रियाशील हुनुपर्नेमा जोड दिए।

सरकारले गरेका राम्रा कामको पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचारप्रसार गर्नमा कञ्जुस्याइँ भएको भन्दै उनले तीनै तहका सरकारले गरेका कामको पार्टी कमिटीले निगरानी र समन्वय गर्दै सफलता हासिल गर्नमा सहयोग गर्न आग्रह गरे। 

‘स्थानीय सरकारले गरेका राम्रो कामको सरकारमा नरहेका पार्टीका जिम्मेवार नेताहरुले नै आलोचना गरेर निरुत्साहित पार्ने गतिविधि हुने गरेको पाइएको छ, यो राम्रो होइन,’ उनले भने।
 

salt training

कमेन्ट गर्नुहोस्