भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय पनि उनी चर्चामै छन् । चर्चामा यसकारण छन् कि उनले एक रिक्सा चालकलाई भेटेका छन् ।
मोदीले रिक्सा चालकलाई भेटेको विषयले यतिखेर भारतीय मिडिया मात्र नभइ सामाजिक सञ्जाल समेत तताएको छ । रिक्सा चालकसँग हात मिलाउँदै गरेको उनको एक तस्वीर निकै भाइरल भइरहेको छ ।
वाराणसीमा प्रधानमन्त्री मोदीले रिक्सा चालक मंगल केवटलाई भेटेका हुन् । काशीको रिक्सा चालकले आफ्नी छोरीको विवाहमा मोदीलाई निमन्त्रणा दिएका थिए ।
आफूलाई दिएको निम्तो स्वीकार्दै मोदीले रिक्सा चालकलाई भेटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
मोदीले केवटसँग केहीबेर कुराकानी गरेको र परिवारको हालखबर सोधेका थिए, –भारतीय मिडियाले लेखेको छ ।
प्रधानमन्त्री कार्यालयमा नै पुगेर आफ्नी छोरीको विवाहमा निम्तो कार्ड दिएपछि मोदीले केवटलाई भेटेका हुन् । उनले विवाहित जोडीलाई शुभकामना समेत दिएका छन् ।
स्मरण रहोस्, भारतीय प्रधानमन्त्री मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् ।