२६ जेठ २०८३, मंगलबार

करेन्ट लागेर लंगूरको मृत्यु, सन्तानको भावुक प्रतिक्रिया (भिडियो)

फागुन ६, २०७६
करेन्ट लागेर लंगूरको मृत्यु, सन्तानको भावुक प्रतिक्रिया (भिडियो)

भारतको असममा रहेको काकोइजाना जंगल नजिक एक पोथी लंगूरलाई करेन्ट लागेर मृत्यु भएपछि उसको सन्तानले जिउमा नाकले छोएको कारुणिक भिडियो सार्वजनिक भएको छ । 

सानो लंगूरले आफ्नी मृत आमालाई उठाउने कोशिश गरेको थियो । घटना बुधवार अपराह्न ३ बजे भएको हो । 

सानो लंगूरले आमाको टाउको समातेको र भेला भएका मानिसलाई देखेर डराएको भिडियोमा देखिन्छ । 

सन्तान आमा वरिपरि घुम्छ । पछि चाहिँ ऊ कता गयो थाहा हुँदैन । 

भिडियोको अन्तिमतिर सूर्यास्त भएपछि दुई पुरुषले मृत बाँदरलाई एउटा कपडामा बेरेका थिए । 

त्यसपछि उनीहरूले बाँदरलाई अन्त कतै लगेर उचित अन्तिम संस्कार गरेका थिए । 

सुनौला लंगूरहरूको अनुहार कालो हुन्छ र पुच्छर लामो हुन्छ । 

मौसम परिवर्तन भएसँगै बाँदरको भुवामा परिवर्तन आउँछ । 

अहिले संसारभरि जम्मा ६ हजार लंगूर रहेको अनुमान छ । 
 

salt training

कमेन्ट गर्नुहोस्