१६ असार २०८३, मंगलबार

राष्ट्रियसभा बैठकले पठायो २ विधेयक विधायन व्यवस्थापन समितिमा

फागुन ६, २०७६
राष्ट्रियसभा बैठकले पठायो २ विधेयक विधायन व्यवस्थापन समितिमा

राष्ट्रिय सभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

मंगलवारको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तम्बाहाङ्फेले तथा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई अर्थमन्त्री डा. युवराज खतिवडाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पारमाणविक विधेयक २०७५’लाई टेबल गरेका थिए । बैठकको शुरूमा भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७५/७६ लाई सभा समक्ष पेश भएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट कानूनमन्त्री तुम्बाहाङ्फेले प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय सभाको अर्काे बैठक फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्