
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा प्रजातन्त्र सार्थक हुन नसकेको टिप्पणी गरेका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै शाहले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंंकार, नामान्तर वा रुपान्तरण मात्र होइन। त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ।’
‘प्रजातन्त्र केही टाठाबाठाका निमित्त मात्र होइन’ भन्दै उनले भनेका छन्, ‘केहीको आर्थिक स्वार्थका लागि मात्र होइन। सबै जनता र सिंंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्छ।’
शाहले कोरा सपना मात्र नबाँड्न भनेका छन्। उनले भनेका छन्, ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नर्बिसौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजान्त्रिक धर्म’ को निर्वाह गरौँ।’