
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयका प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गोरखाको तत्कालीन सिरानचोक गाविस–१ मा रहेको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापनका लागि ‘फिक्सिङ’ र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आयोगले आरोप लगाएको छ।
उनले झुठा बिल भर्पाइ तथा कागजात बनाई अनुदान शीर्षकको रुकम ६ लाख ५० हजार हिनामिना गरेको सप्रमाण पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालालले जानकारी दिए।
प्रअ साहविरुद्ध सोही रकम बराबर बिगो माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।