०६ असार २०८३, शनिबार

सडक काटिरहेका मानिसलाई कारले ठोक्यो, अन्य ६० गाडीले उसलाई कुल्चिँदै गए

फागुन ८, २०७६
सडक काटिरहेका मानिसलाई कारले ठोक्यो, अन्य ६० गाडीले उसलाई कुल्चिँदै गए

भारतको पुणे–मुम्बई एक्सप्रेसवेमा रहेको बाउर गाउँमा तीव्र गतिमा आएको एक कारले ४७ वर्षीय पुरुषलाई बुधवार राति ८ बजे ठक्कर दिएको छ । 

ठक्कर दिएपछि कार रोकिएन र ती पुरुषको शरीर व्यस्त सडकमा त्यत्तिकै लडिरह्यो । त्यसबीचमा मृत शरीरलाई लगभग ६० गाडीले कुल्चिँदै गुडे । 

कामशेत प्रहरीका अनुसार, ती व्यक्तिको शरीर धेरै टुक्राटुक्रा भएको थियो र उनीहरूले टुक्राहरू संकलन गर्नुपरेको थियो । व्यक्तिको पहिचान उनको शर्टमा रहेको खल्तीको कागजातबाट पत्ता लागेको थियो । 

अनुसन्धान अधिकृत विनोद नागलोतले घटनाको खबर पाएपछि प्रहरी घटनास्थलतिर दौडिएको र सडकबाट शरीरका अंगहरू हटाएको बताए । ‘ती व्यक्तिको नाम अशोक मगर हो र उनी बाउर गाउँमा बस्छन् । कुन गाडीले उनलाई पहिला ठोकेको भन्ने थाहा हुन सकेको छैन,’ उनले भने । 

पैदलयात्रीलाई बाटो काट्न नदिइने ठाउँबाट मगरले बाटो काटेको नागलोतले बताए । ‘उनले ३०० मिटर पर रहेको आकाशेपुल उपयोग गरेको भए हुन्थ्यो । पहिचान नखुलेको एक कार पुणेबाट मुम्बईतिर आइरहेको थियो र उनलाई शुरूमा हिर्कायो । मगर सडकमै ढले र पछिपछि आएका अन्य गाडीले उनलाई कुल्चिँदै गुडे । रगतको धब्बा सडकको १५० मिटरको दूरीमा फैलिएको छ ।’

अँध्यारो भएकाले एक्सप्रेसवेमा गाडीचालकहरूले सडकमा लडिरहेको लाश नदेखेको हुन सक्ने प्रहरीको भनाइ छ । अनि पछाडिबाट आएका गाडीले ठोक्न सक्ने डरले पनि गाडीचालकहरूले गाडी नरोकेको हुन सक्ने प्रहरीले बतायो ।

द टाइम्स अफ इन्डियाबाट
 

salt training

कमेन्ट गर्नुहोस्