२४ जेठ २०८३, आइतबार

सभामुखले संसद्‍मा भने– 'सञ्चारमन्त्रीले राजीनामा गर्नुभएको अनौपचारिक जानकारी आएको छ'

सभामुखले संसद्‍मा भने– 'सञ्चारमन्त्रीले राजीनामा गर्नुभएको अनौपचारिक जानकारी आएको छ'

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन माग्दै डील गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले सदनसमक्ष गराएका छन् ।

नेपाली कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सम्बन्धित मन्त्रीले राजीनामा गरिसकेको जानकारी आफूले अनौपचारिक रूपमा पाएको बताएका हुन् ।

'औपचारिक पत्र त आउने नै छ, मलाई अनौपचारिक रूपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ,' सभामुख सापकोटाले भने ।

सभामुखले पटक–पटक आग्रह गर्दा पनि कांग्रेस सांसदहरू नबसेपछि प्रतिनिधि सभा बैठक यही फागुन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड कमिसनका लागि डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाँस्कोटालाई राजीनामा गराउन बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्