अस्ट्रेलियाको सिड्नीबाट मेलबोर्न गइरहेको एक ट्रेन वालान शहर नजिक दुर्घटनाग्रस्त भएको छ ।
स्थानीय समयअनुसार बेलुका ७ः५० मा रेल पटरीबाट खसेको थियो ।
तस्वीरहरूमा रेलको ट्य्राकबाट अनेकौं डब्बा खसेको र अगाडिको डब्बा छेउतिर झरेको देखिन्छ ।
रेलमा रहेका एक यात्रुले दुर्घटना हुँदा लगभग २०० यात्रु रहेको बताए ।
रेल कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन ।
प्रहरी तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन् ।
अप्डेट : दुर्घटनामा दुईजनाको मृत्यु भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् । अन्य थुप्रै यात्री ट्रेनमै च्यापिएका छन् ।