२५ जेठ २०८३, सोमबार

सिड्नीबाट मेलबोर्न गइरहेको रेल दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

फागुन ८, २०७६
सिड्नीबाट मेलबोर्न गइरहेको रेल दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीबाट मेलबोर्न गइरहेको एक ट्रेन वालान शहर नजिक दुर्घटनाग्रस्त भएको छ । 

स्थानीय समयअनुसार बेलुका ७ः५० मा रेल पटरीबाट खसेको थियो । 

तस्वीरहरूमा रेलको ट्य्राकबाट अनेकौं डब्बा खसेको र अगाडिको डब्बा छेउतिर झरेको देखिन्छ । 

रेलमा रहेका एक यात्रुले दुर्घटना हुँदा लगभग २०० यात्रु रहेको बताए । 

रेल कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन ।

प्रहरी तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन् ।

अप्डेट : दुर्घटनामा दुईजनाको मृत्यु भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् । अन्य थुप्रै यात्री ट्रेनमै च्यापिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्