
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिवार साढे ३ बजे बस्दैछ ।
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि पहिलो बैठक बस्न लागेको हो ।
वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रवार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो ।
सचिवालय बैठकमा एमसीसीबारे छलफल हुने जनाइएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको सन्दर्भमा समेत सचिवालय बैठकमा छलफल हुने जनाइएको छ । ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिइसकेका छन् ।