११ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

फागुन १२, २०७६
एनआईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताबाट सोनी ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभियाका विभिन्न मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने छ ।

योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकको अधिकतम लाभका लागि योजना ल्याइएको छ ।

बैंकले कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीले बैंकको कार्ड तथा मोबाइल बैंकिङका माध्यमबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २०० वटाभन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सकिने छ । 

छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पताल, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्नेछन् । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३ हजार ७०० भन्दा बढी स्थानबाट पीओएस तथा १२ हजारभन्दा बढी स्थानबाट क्यूआर कोड स्क्यान सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकले मर्चेन्टबारे विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइटमा हेर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालय, ४४६ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्