०९ असार २०८३, मंगलबार

आबुखैरेनीमा छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

फागुन १२, २०७६
आबुखैरेनीमा छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

तनहुँको आबुखैरेनीमा फागुन २५ गतेदेखि २७ गतेसम्म छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।

आबुखैरेनी समाज काठमाडौंको आयोजनामा हुने महोत्सवको प्रचारप्रसारका लागि काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ । 

पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक हरिसिंह गुरुङले महोत्सवबारे जानकारी दिएका थिए । आबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा छिम्केश्वोरी पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

आन्तरिक पर्यटकको उल्लेखनीय वृद्धि हुँदै गरेको तनहुँ जिल्लाका विभिन्न पर्यटकीयस्थलमध्ये आँबुखैरेनीमा रहेको छिम्केश्वरी क्षेत्रको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको संयोजक गुरुङले बताए ।

‘धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्यस्थलको रुपमा रहिआएको छ । यस क्षेत्र अन्तर्गत विभिन्न सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरीदेखि लाङ्टाङ्सम्मको हिमशृंखलाको मनोरम दृश्यावलोकन, सूर्योदय र सूर्यास्त, महाभारत पहाडहरुमध्येको एक उच्च पहाड र तनहुँको सबैभन्दा अग्लो चुचुरा छिम्केश्वरी २.३४ मिटर लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक वास्तवमै उच्चकोटीको पर्यटकीय स्थल हो,’ उनले भने ।

महोत्सवका आकर्षण छिम्केश्वरी सप्तदेवी दर्शन, छिम्केश्वरी उकाली खुला दौड प्रतियोगिता, छिम्केश्वरी पदयात्रा, डाउनहील माउन्टेन वाइक प्रतियोगिता, होमस्टे मितेरी दौड प्रतियोगिता, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, फागु र होमस्टे विशेष कार्यक्रम, लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम, कृषि तथा वन पैदावरको प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय परम्परागत खेल, फोटोग्राफी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्