३१ असार २०८३, बुधबार

नेप्से २ अंकले घट्यो

फागुन १२, २०७६
नेप्से २ अंकले घट्यो

आइतवार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने थामिएको छ ।

आइतवार ७० अंकले बढेको नेप्से सोमवार २ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सोमवार १.९६ ले घटेर १ हजार ५०२.१८  भएको छ । सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ ।

नेप्से झिनो अंकले घटेपनि कारोबार रकम भने ३ अर्बमाथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ बराबरको कारोबार भएको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमवार ३ उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ । 

कारोबारका आधारमा सोमवार एनएमबी शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड ४३ लाख ३४ हजार ७३ रुपैयाँ बराबरको कारोवार भएको छ । शिवम् सिमेन्ट १३ करोड ५ लाख २ हजार ७१३ रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी १२ करोड २४ लाख ४२ हजार ७१४ रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनी ११ करोड ८६ लाख ८६ हजार ६४२ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ६४ लाख ६२ हजार ५९० रुपैयाँ, एनआईसी एशिया बैंक १० करोड ४४ लाख २० हजार ८०९ रुपैयाँ र हिमालयन डिस्टिलरी १० करोड २२ लाख ४ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडीसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । 

गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, सांग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४.७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्