१६ असार २०८३, मंगलबार

भारतका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालबाट जाने यात्रुको समेत कोरोनाभाइरस परीक्षण गरिने

फागुन १२, २०७६
भारतका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालबाट जाने यात्रुको समेत कोरोनाभाइरस परीक्षण गरिने

भारतको नागरिक उड्डयन प्राधिकरणले नेपाल, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत भित्रिने यात्रुहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने आदेश दिएको छ । 

सोमवार जारी आदेशमा नेपाल लगायत चार देशका यात्रीको परीक्षण थपिएको हो । यसअघि चीन, हङकङ, दक्षिण कोरिया, जापान, थाइल्यान्ड र सिंगापुरका नागरिकको स्वास्थ्य परीक्षणको आदेश दिइएको थियो । 

कोरोनाभाइरसबाट ग्रस्त कुनै पनि यात्रु भारत पस्न नपाऊन् भनी आदेश दिइएको बताइएको छ । 

विमानस्थलहरूमा स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् । आशंका लागेको यात्रुलाई परीक्षण गरेर १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्