भारतको दुई दिने भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सम्बोधनका क्रममा पाकिस्तानको नाम लिएका छन् ।
ट्रम्पले पाकिस्तानसँग आफ्नो सम्बन्ध राम्रो रहेको जिकिर गरिरहँदा मोदीले कान ठाडो पारेर सुनिरहेका थिए ।
'अमेरिकी सरकार पाकिस्तानको धर्तीमा सक्रिय चरमपन्थीलाई नष्ट गर्न पाकिस्तानसँग मिलेर काम गरिरहेको छ,' ट्रम्पले भने ।
सोमवार भारतको भ्रमणमा आएका ट्रम्प अहमदावाद पुगेका थिए । अहमदावादको मोटेरा रंगशालामा उनले विशास जनसभालाई सम्बोधित गरे ।
जनसभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने, 'प्रत्येक देशलाई आफ्नो सीमा सुरक्षा गर्ने अधिकार छ । अमेरिका र भारतले मिलेर आतंकवाद रोक्ने फैसला गरिसकेका छन् । त्यही कारणले मैले राष्ट्रपतिको कुर्ची सम्हालेपछि पाकिस्तानसँग सकारात्मक तरिकाबाट काम गरिरहेको छु ता कि पाकिस्तानी सीमामा सक्रिय आतंकवादी र चरमपन्थीलाई नष्ट गर्न सकियोस् ।