१० असार २०८३, बुधबार

ग्लोबल आईएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण

फागुन १४, २०७६
ग्लोबल आईएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण

ग्लोबल आईएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्व. राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ । 

ग्लोबल आईएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले  स्व. राजु गिरीको परिवारलाई विमा वापतको रकम हस्तान्तरण गरे ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटीएम तथा २४९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्